गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १६ गते । चलचित्र ‘डोरी’ शुव्रmबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । देशभर १२० सोसहित प्रदर्शनमा आएको यो चलचित्र काठमाडौँ उपत्यकामा भएका आन्दोलनका कारण प्रभावित बन्न पुगेको छ । आन्दोलनका कार्यव्रmम सकिएपछि साँझका सोमा दर्शक हलमा पुग्ने निर्माण पक्षले अपेक्षा गरेको छ । ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँचपास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । जसकारण यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउने छन् । चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य, थ्रिलर र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताउनुभयो ।
लामाको लेखनसमेत रहेको चलचित्रमा अरुण आफैँ प्रमुख भूमिकामा देखिनुभएको छ । चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङदेल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता दिनेश भट्टराई हुनुहुन्छ भने कार्यकारी निर्माता राज थापा रहनुभएको छ ।