शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, जेठ २१ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन शुक्रबार रुवान्डा प्रस्थान गर्नुुभएको छ । 
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको आयोजना हुन लागेको सो सम्मेलनमा भाग लिन मन्त्री कार्कीसहित मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा लगायतका अधिकारी त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन आउँदो असार २ गतेसम्म सञ्चालन हुनेछ ।