जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएका सिंहलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो ।