काठमाडौँ, चैत १२ गते । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोजका लागि नयाँ गीत रेकर्ड गर्नुभएको छ । काठमाडौँको स्टुडियो फिलमा उहाँले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गर्नुभएको हो । गीतमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ ।
चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्नुभएको छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।