अमरराज नहर्की
तनहुँ, चैत ५ गते । तनहुँको म्याग्दे गाउँपालिका– ६ ओटाङदीस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा सोमबार साँझ सहचालकको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । ग१त ५६८९ नम्बर ट्याक्टर अनियन्त्रित भएर सडकमा पल्टिँदा घटनास्थलमै बिकको मृत्यु भएको थापाले बताउनुभयो ।
ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।