• ४ जेठ २०८१, शुक्रबार

विजुलीको ट्रान्सफर्मर फोडेर तामाको तार चोरी

blog

जानु पाण्डे

कपिलवस्तु जेठ १८ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ मा सिंचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मरबाट तामाको तार चोरी भएको छ । वहादुरगन्ज बजार नजिकको बस्तीका कृषकले ट्युववेल मार्फत सिँचाई प्रयोजनका लागि राखिएको ट्रान्सफर्मर फोडेर तामाको तार र ट्रान्सफर्मर भित्र हुने तेल चोरी गरिएको हो ।

देवानगढिया गाउँको पुर्वमा रहेको र डगरमरवा गाउँमा रहेको ट्युबवेलको मोटर चलाउन राखिएको ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । तीन दिनको फरकमा चोरी भएको इलाका प्रहरी कार्यालय वहादुरगन्जका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो । चोरी गर्ने गिरोह पत्ता लगाउन अनुसन्धान सुरु भएको उहाँको भनाई छ ।