काठमाडौँ, फागुन २२ गते । गीतकार तथा सङ्गीतकार नरहरि प्रेमीको गीत ‘पिलेन उडाउनी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ ।
गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर रहेको गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गर्नुभएको छ । नरहरि प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बुद्ध थापाको छायाङ्कन रहेको छ ।