काठमाडौँ , फागुन २२ गते । रेणुका भट्टराई ‘मञ्जरी’ द्वारा लिखित ‘मेरो हजुर’ शोककाव्यको लोकार्पण तथा झ्याउरे बृहत् छन्द लयको कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राडा हेमनाथ पौड्ललगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको थियो ।
प्रतिष्ठानका पूर्वसदस्यसचिव उपाध्यायले साहित्यकार तथा पत्रकार बिके पाल्पालीको योगदानको चर्चा गर्दै चौथो वार्षिक स्मृति दिवसका सन्दर्भमा उहाँले नेपाली भाषा, साहित्य र पत्रकारितामार्फत गरेको योगदानको प्रशंसा गर्नुभयो । कम उमेरमा उहाँलाई गुमाउँदा ठुलो क्षति भएको बताउँदै उहाँको स्मृतिमा लेखिएको शोककाव्यले उहाँलाई अझै जीवन्तता दिएको बताउनुभयो ।