• ९ फागुन २०८१, शुक्रबार

६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

blog

सम्मानित युवा ।

काठमाडौँ, फागुन ८ गते । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ । 

दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आयोजनामा पोखरामा बिहीबारबाट सुरु भएको १० औँ नेपाल युवा उत्सवका दौरान आ-आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिएका युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको हो । 

सहासिक पर्वतारोही पूर्णिमा श्रेष्ठ, विदेश मामिला पत्रकार जगदीश्वर पाण्डे, युवा मामिला विज्ञ जगदीश ऐर, समावेशी शिक्षामा काम गरिरहेका दीपक प्र. बस्याल, खोजमुलक पत्रकारितामा सुमन ढुंगाना र सामाजिक उद्यमशीलतामा देवी देवकोटालाई पुरस्कृत गरिएको हो । 

पुरस्कृतलाई गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्य जीसी श्रेष्ठ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालका राष्ट्रिय अध्यक्ष सौरभ खनाल र संस्थाका संस्थापक अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक अमृत देवकोटाले पुरस्कार हस्तान्तरण गर्नुभयो ।