काठमाडौं, जेठ १४ गते।आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो।
संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो।सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिसकेको छ ।
बजेट भाषण अगाडिको सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद सचिवालयले जनाएको छ।सभामुख अग्निप्रसाद सापकोटाले बजेट प्रस्तुत हुने सङ्घीय संसदको संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि उपस्थित भइसक्न प्रतिनिधिसभा सदस्यलाई शनिबार नै अनुरोध गर्नुभएको थियो।सभामुखको अनुरोध अनुसार सङ्घीय संसद् भवनमा संसद् प्रवेश गर्ने क्रम सुरु भएको छ।
बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ।  
 
                                        Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                