काठमाडौँ, फागुन ५ गते । कवितासङ्ग्रह ‘प्रेमको आदिम गीत’ को एक कार्यक्रमबिच विमोचन गरिएको छ । सङ्ग्रहमा ११ कविका ३३ कविता नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेका छन् । कवितालाई चन्द्रबहादुर लामाले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो ।
कार्यक्रममा रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमि, रजनीमिला, लक्ष्मी माली, वीणा नेम्कुल, नानीबाबा अधिकारी, श्रीओम श्रेष्ठ रोदन, वसन्त नकर्मी, पुरुषोत्तम घिमिरे, दिव्य गिरी, एलिसा ढुङ्गानालगायत सङ्ग्रहका ११ जना कविले कविता वाचन गर्नुभएको थियो ।