• ४ फागुन २०८१, आइतबार

क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधन कारबाहीमा

blog

क्षमता भन्दा बढी यात्रु बोक्दै गरेको बोलेरो जीप नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट यारीतर्फ जाँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन ३ गते । जिल्ला भित्र सञ्चालनमा आएका यातायातका साधनले सिट क्षमता भन्दा बढी यात्रु बोकेको पाइएपछि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही सुरु गरिएको ट्राफिक प्रहरी हवल्दार वसन्त केसीले बताउनुभयो । 

बोलेरो जीपको भित्र मात्र नभएर बाहिर डिब्बामा पनि यात्रु राखेको पाइएपछि ट्राफिकले कारबाही सुरु गरेको हो । बढी यात्रु बोकेको जानकारी भएमा कारबाही हुने हवल्दार केसीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ठाउँको ठाउँ कारबाहीका लागि ट्राफिक प्रहरी र प्रहरीलाई कडा सर्कुलर गरिएको बताउनुभयो ।