• १ चैत २०८१, शुक्रबार

परराष्ट्रमन्त्री आरजु राणाद्वारा विपी स्मृती भवनको उद्घाटन

blog

नवनिर्मित विपी स्मृति भवनको उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवा । तस्बिर : गोरखापत्र

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) माघ २८ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला र मङ्गलादेवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपीस्मृति भवनको उद्घाटन गर्नुभएको छ ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नं–२ को आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं–१ थपालीपुरमा उक्त भवनको सोमबार उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्यसमेत ररहनुभएकी परराष्ट्रमन्त्री देउवासँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायत कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।