सप्तरी समाचारदाता
सप्तरी, माघ २७ गते । नेपाल मल्लाह कल्याण सङ्घद्वारा कोशी ब्यारेजमा आयोजित रिले अनशन दोस्रो दिन (शनिबार) पनि जारी रहेको छ । सङ्घले मलाह समुदायलाई आदिवासी जनजातिको मान्यता प्रदान गरिनुपर्ने, भाषा, संस्कृति र पहिचानको संरक्षण गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको व्यवस्था गरिनुपर्ने, परम्परागत पेसाको संरक्षण र प्रवर्धन गरिनुपर्ने, राज्यका सबै निकायमा समान प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेको छ । विभिन्न २० सूत्रीय माग राखी शुव्रmबारदेखि कोशी ब्यारेजमा रिले अनशन सुरु गरिएको हो । सङ्घको मागलाई नेपाल निषाद परिषदका अध्यक्ष जितेन्द्र सहनी निषाद, वरिष्ठ निषाद अगुवा बेचन मुखिया निषादलगायत अन्य पदाधिकारीले समर्थन र सहयोग गरेका छन् ।
नेपाल निषाद परिषद्का अध्यक्ष सहनीले मलाह समुदायको मागलाई सरकारले तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो । सङ्घका केन्द्रीय अध्यक्ष नारायण मुखियाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले सरकारले मलाह समुदायको मागलाई गम्भीरतापूर्वक लिएर संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।