• २२ माघ २०८१, मङ्गलबार

कल्भर्टभित्र भेटियो मानव कङ्काल

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २२ गते । मुस्ताङको घरपझोङ गाउँपालिका –२ सामग्री छैरो चौरस्थित बेनी जोमसोम सडक खण्डको कल्भर्टभित्र मानव कङ्काल (लाश) फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडकको पानी फाल्न बनाइएको कल्भर्ट पाइपभित्र सडेको अवस्थामा मानव कङ्काल भेटिएको हो । लिङ्ग समेत पहिचान गर्न नसकिने अवस्थामा पुगेको उक्त मानव शव कहिले मृत्यु भएको र के कारणले भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

टाउकोमा भएको रौं छोटो भएको आधारमा पुरुष हुन सक्ने अनुमान लगाउन सकिने आधार भए पनि अवस्था हेर्दा महिला वा पुरुष भनेर छुट्याउन समेत नसक्ने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । मानव शवमा रातो रङकाे स्वीटर, साइडमा सेतो डोरा भएको कालो रङकाे ट्राउजर, टिसर्ट लगाएको अवस्थाको शव फेला परेको हो । टिसर्टको खल्तीमा केही थान भारतीय सिक्का (ढ्याक पैसा) समेत भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल अधिकारीले जानकारी दिनुभयो ।