शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १३ गते। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ।
दाहाल सवार गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा दुर्घटना भएको हो। रेनुकी बहिनी गंगा दाहालका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य छ। काम विशेषले बाहिर जाने क्रममा गाडी दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको दाहालले जानकारी दिनुभयो।
दाहालको टाउकोमा सामान्य चोट लागेको छ। ललितपुरको सुमेरु अस्पतालमा उहाँको टाउकोको सिटी स्क्यान भएको छ। रिपोर्ट सामान्य आएको दाहालले फेसबुकमार्फत् जानकारी दिनुभएको छ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकाले चिकित्सकको सल्लाह अनुसार डिस्चार्जको तयारी भइरहेको दाहालले बताउनुभएको छ।
गोरखापत्र
Gorkhapatra...