शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १३ गते। गृहमन्त्री बालकृष्ण खाणले द्वन्द्वकालीन घटनाका पीडितको न्यायका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो।
‘‘द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा नेपाल सरकार प्रतिवद्ध रहेकोले संक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्याइनेछ’’, गृहमन्त्री खाणले भन्नुभयो।
आयोगले मानव बेचबिखनको सम्बोधन गर्न गरेको कामको उहाँले खुलेर प्रशंसा गर्नुभयो। दिगो विकास लक्ष्य, २०३० हासिल गर्न नेपाल सरकार कटिबद्ध रहेको उहाँको भनाइ छ। दिगो विकास लक्ष्यको कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उहाँले उल्लेख गर्नुभयो।
सम्बोधनको पूर्णपाठ
गोरखापत्र
Gorkhapatra...