• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्छ : राष्ट्रपति भण्डारी

blog

काठमाडौं, जेठ १३ गते । नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएकाे छ । नाक, कान र घाटी विशेषज्ञहरुको १२ औँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले आपसी सम्बन्ध अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ,“यस्ता सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत गर्छ ।”

राष्ट्रपति भण्डारीले सम्मेलन नेपालमा आयोजना भएकोमा खुसी पनि व्यक्त गर्नु भएको छ । दक्षिण एशियामा रोग, बेरोजगारी, साझा चुनौती भएकाले चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावाना र सामुहिकत्त आवश्यक पर्ने राष्ट्रपति भण्डारीले जिकिर गर्नुभयो ।

राष्ट्रहरुबीच हुने र जनस्तरमा हुने सम्वादले सार्क भावनालाई अझ बलियो बनाउँदै लैजाने उहाँको विश्वास रहेको छ । सम्मेलनमा सार्क मुलुकका साथै विश्वका अन्य राष्ट्रहरुबाट विज्ञहरुलाई आमन्त्रण गरी संचालन हुने छलफलबाट नाक, कान र घाँटी रोगको उपचारका क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

“यस्ता सम्मेलनमा हुने छलफलबाट नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा जानकारी लिन थप सहयोग हुनुका साथै आपसी सीप, अनुभव आदनप्रदान गर्न सहयोग पुग्छ”। नाक, कान र घाँटी रोगका प्रकृतिहरु धेरै हदसम्म समान भएकाले यसको समाधानको लागि मिलेर रणनीतिहरु बनाउन यो सम्मेलनबाट प्राप्त निष्कर्षले मार्गदर्शन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।