जनकपुरधाम माघ ४ गते। जनता समाजवादी पार्टी नेपालको भ्रातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल र समाजवादी युवा सङ्घ नेपालले संयुक्त रुपमा शहीदगेटमा शहीदहरुको शालिकको सरसफाइ गरेका छन्।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल तथा सहयोगमा उपमहानगरपालिकाका सम्पूर्ण सरसफाइ कर्मचारी, पानी ट्यांकी र बारुण यन्त्रको विशेष सहयोगमा बृहत् सरसफाइ गरिएको हो ।
समाजवादी विद्यार्थीका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा जनकपुरधाम–१४ स्थित मुजेलियामा भएको कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यद्वय लालकिशोर साह, जितेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, विद्यार्थी नेता विकास यादव, बलिराम कापरी, रामकुमार साह, किशन यादव, रोहित यादव र धिरु यादवसहित पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, युवा र स्थानीय नागरिकको सहभागिता थियो।
यसका साथै भोलि शनिबार अर्थात् माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधाम १४ मुजेलियामा शहिदगेटमा शहीदहरुको शालिकमा माल्यार्पण र जनकपुरधामको रमेश चौकमा दीपप्रज्वलन गर्ने कार्यक्रम छ ।