• ३ माघ २०८१, बिहिबार

जनप्रतिनिधिलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण

blog

गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, माघ ३ गते ।
गोरखा नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बिहीबार गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कक्षा ६ देखि १० कक्षासम्म अध्यानरत किशोरीहरुलाई लक्षित गरी आउदो माघ २२ गतेबाट फागुन ६ गतेसम्म एचपिभी खोपसम्बन्धी अभिमुखीकरणले जनप्रतिनिधिदेखि अभिभावकहरुमा एकरुपता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखा ईश्वर बाबु रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एचपिभी खोप पाठेघरको मुखको क्यान्सार रोकथाम तथा नियन्त्रणको लागि नगरपालिका भित्रका २५७३ जना १० देखि १४ वर्ष उमेरका किशोरीहरलाई ३३ वटा खोप केन्द्रबाट ३३ जना स्वास्थ्यकर्मी तथा ६३ जना स्वयसेवको सहयोगमा एचपिभी खोप लगाइने उहाँले बताउनुभयो ।

अहिले गोरखा नगरपालिका भित्रका विद्यालयमा अध्यनरत किशोरीहरलाई विद्यालयमा पुगेर माघको २२, २३ र २४ गते एचपिभी खोप दिने भएको छ भने विद्यालय बाहिर भएका किशोरीहरुलाई वा १० वर्षदेखि १४ वर्षका उमेर समूहका किशोरीहरुलाई गोरखा नगरपालिकाको संस्थागत क्लिनकमा खोप लगाउने व्यवस्था भएको स्वास्थ्य शाखा प्रमुख रेग्मीको भनाइ छ ।

जिल्लामा भएको ११ वटै पालिकामध्ये जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने गोरखा नगरपाकिा पहिलो भएको बताइएको छ । विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समेत अभिमुखीकरण भइसकेकोले नगरपालिका भित्र रहेका ३३ वटा खोप केन्द्रमा माघ २० गते खोप पठाई सक्ने गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

सोही अभिमुखी कार्यक्रममा जनप्रतिनिधिहरुलाई सकारत्माक बहस, पैरबी, प्रचार प्रसार रस सामाजिक परिचालनका लागि गोरखा नगरपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ । अभिमुखी कार्यक्रममा गोरखा नगरपालिका नगर प्रमुख कृष्ण राना, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।