• १ माघ २०८१, मङ्गलबार

अधिकारका लागि आन्दोलनको कुनै विकल्प छैन :पूर्व प्रधानमन्त्री नेपाल

blog

कार्यक्रममा सहभागी पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत नेता। तस्बिरः शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

कलैया, पुस २९ गते। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको हक अधिकारी स्थापित गराउन मुलुकमा आन्दोलनको कुनै विकल्प नरहेको बताउनुभएको छ।

कलैयामा सोमबार एक दिने सम्पन्न भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘किसानको आन्दोलन, सहकारीको आन्दोलन, व्यापारीको आन्दोलन, कर्मचारीको आन्दोलन, आन्दोलन माथिको आन्दोलन हुने गरेको बताउनुभएको हो।’

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीमा केही व्यक्तिले निजी स्वार्थ पूर्ति गर्न खोज्दा आपसी मेल नहुँदा केही वर्षदेखि विभाजन भएको यस्तो कार्य दुर्भाग्यपूर्ण भएको स्मरण गर्नुभयो। गणतन्त्रमा जनता सर्वपरी रहेकाले जनताको घरघरमा पुगेर सहयोग गर्न आप्mना कार्यकर्ता तथा नेतालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएको नेपालले आग्रह गर्नुभयो।

नेकपा (एकीकृत समाजवादी) अब नेपालको राजनीतिमा स्थापित दल भइ सकेको छ, यो पार्टीको शान, इज्जत, मान, मर्यादा र सम्मानका साथ सबैतिर उभिएको छ, पार्टीको छुट्टै पहिचान र स्थान स्थापित भइसकेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘विभिन्न राष्ट्रका सरकार प्रमुखसँग मुलुकको हित र प्रतिष्ठा बढाउन संवाद र छलफल आफूले गरेको बताउँदै, जनताको विश्वास र समर्थनले मात्र पार्टी बलियो हुने भएकाले त्यसका लागि जनताको माँझमा गएर उनीहरुको पीडा र वेदनामा आत्म साथ गरी अगाडि बढ्न सल्लाह दिनुभयो।’

कार्यक्रममा दिनेश राई, बतहु यादव, छविलाल सुवेदी, राजेन्द्रप्रसाद जैसवाललगायत जनता समाजवादी पार्टी नेपाल बाराका सहभागी नेताले कार्यक्रम सफल बनाउन शुभकामना व्यक्त गर्नुभएको थियो।