सिन्धुलाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस २६ गते । मेलम्चीका ८४ जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर मोतीविन्दुको शल्यक्रिया तथा आँखाको उपचार गरिएको छ । ८२ जनाको मोतीविन्दुको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको हो ।
मेलम्चीकी ७५ वर्षीय ज्येष्ठ नागरिक टक्करकुमारी दुलालले मोतीविन्दुको शल्यक्रिया गरेपछि पुनः आँखा देखेकोमा अत्यन्तै हर्षित भएको बताउनुभयो । त्यस्तै ज्येष्ठ नागरिक विष्णुप्रसाद सापकोटाले शल्यव्रिmयापछि संसार देख्न पाएकोमा खुसीको सीमा नरहेको बताउनुभयो । उहाँहरू जस्तै शल्यव्रिmया गरेर पुनः दृष्टि प्राप्त गरेर देख्न सक्ने भएकाले आफ्नो हेरचाह आफैँ गर्न सक्ने हुँदा खुसी लागेको बताउनुभयो ।
मेलम्ची, दुवाचौर, नवलपुर, भीमटारका मोतीविन्दु भएका बिरामीलाई शल्यक्रिया गरी पुनः आँखा देख्न सक्ने बनाइएको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । शल्यक्रिया गरेका बिरामीका लागि खाना र बस्न पालिकाले निःशुल्क प्रबन्ध गरेको थियो ।
तिलगङ्गा आँखा प्रतिष्ठान र तिलगङ्गा सामुदायिक आँखा केन्द्रको सहकार्य र मेलम्ची नगरपालिकाको समन्वयमा पुस २२ र २३ गते दुई दिन मेलम्चीमा डा. प्रतिमा लामा जोशी र डा. रमिता महर्जनको नेतृत्वमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । मोतीविन्दुको शल्यक्रियापश्चात् ज्येष्ठ नागरिक हिँडेरै घर पुगेका थिए ।