बैतडी समाचारदाता
बैतडी, पुस २३ गते । कुनै बेला सुदूरपश्चिमको बैतडीलगायतका गाउँ गाउँमा भाङ खेती गरेर यसबाट खाने तेल, लत्ताकपडा र आयुर्वेदिक औषधी बन्ने गर्दथ्यो । अहिले यही गाँजा र भाङको प्रयोग लागुऔषध बन्न थालेपछि प्रहरीले खोजी खोजी नष्ट गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा १०७ रोपनीमा लगाएका १४ हजार गाँजाका बोट नष्ट गरेको छ । चालु आव २०८१/८२ मा १६ रोपनी क्षेत्रफलमा लगाएको थप एक हजार दुई सय गाँजाका बोट नष्ट गरेको सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । समाजमा लागुऔषध दुव्र्यसनी बढ्न थालेपछि आइतबार जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सामाजिक विकास कार्यालय बैतडीले लागुऔषधविरुद्धको सचेतना कार्यक्रम गरेको छ । जिल्ला सदरमुकामस्थित वीरेन्द्र माविका कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्रालाई भाङ लागुऔषधका रूपमा प्रयोग गर्दा हुने नोक्सानीबारे जानकारी गराइएको छ ।
कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गाउँमा आफँै उम्रने गाँजाको बोटको गलत प्रयोग भइरहेको बताउनुभयो । पहिले यसको त्यति धेरै दुरुपयोग नहुने भए पनि अहिलेका युवा दुव्र्यसनीमा लाग्ने पहिलो कारण गाँजा बन्न थालेको बताउनुभयो । पूर्वीय ज्ञान र सांस्कृतिक आचरणमा कमी आउँदा आयुर्वेदिक औषधीमा प्रयोग हुने गाँजाको बोट गलत प्रयोगले लागुऔषध दुव्र्यसनीको रूप लिन थालेको सरोकारवालाले बताएका छन् ।
समाजका युवा वर्गले पछिल्लो समय गाँजा र भाङ मात्रै होइन, कडा खालको लागुऔषध हेरोइन र एलोपेथिक औषधीमा प्रयोग हुने विभिन्न क्याप्सुल र ट्याबलेटसमेत नसाका रूपमा प्रयोग गर्न थालेको प्रहरीको निष्कर्ष छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले यस्तो कुलतमा युवा जनशक्ति फस्न थालेपछि लागुऔषधविरुद्धको महाभियान नै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । उहाँले बैतडी प्रहरीले लागुऔषधविरुद्ध बस्तीस्तरमै छ हजारभन्दा बढी अन्तव्रिर्mया कार्यक्रम गरेर सचेतना फैलाइएको बताउनुभयो । सचेतना कार्यक्रममा एलोपेथिक औषधी डाक्टरको सल्लाह अनुसार सेवन गरे औषधी हुने तर त्यसको गलत प्रयोग गरे लागुऔषधका रूपमा काम गर्ने जिल्ला अस्पताल बैतडीको फार्मेसीमा कार्यरत शरद भण्डारीले जानकारी दिनुुभयो ।
समाजमा लागुऔषध दुव्र्यसनी बढ्न थालेपछि प्रशासन, प्रहरी र सामाजिक विकास कार्यालयको अगुवाइमा बस्ती, क्याम्पस र विद्यालयस्तरमा सचेतनामूलक कार्यव्रmम सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयो । प्रदेश सरकारबाट विद्यालय र क्याम्पसस्तरमा लागुऔषधविरुद्धको सचेतना जगाउन सामाजिक विकास कार्यालयमा कार्यक्रम आएकाले सरोकारवालासँग यस विषयमा अन्तव्रिर्mया गरेर युवा जनशक्तिलाई सही मार्गमा लाग्न अभिप्रेरित गरिएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले बताउनुभयो ।