• २४ पुस २०८१, बुधबार

सार्वजनिक यातायातको भाडा वृद्धि

blog

सार्वजनिक यातायात । फाइल तस्बिर

काठमाडौँ, पुस २२ गते । यातायात व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । 

विभागका अनुसार अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो । यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।