• ५ जेठ २०८१, शनिबार

विजयनगरमा पुनः एमाले उम्मेदवारको विजय

blog

नारद कोहार

तौलिहवा, जेठ ७ गते । कपिलबस्तुको विजयनगर गाँउपालिकामा नेकपा (एमाले) का अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी चौधरी पुनः दोहोरिनुभएको छ । स्थानिय तह निर्वाचन २०७४ मा समेत उहाँहरु एमालेबाट निर्वाचित हुनुहुन्थ्यो । 

अध्यक्षमा एमालेका उम्मेदवार थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्षमा चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९  मत प्राप्त गर्नुभयो । सात वटा वडा रहेको गाउँपालिकामा ६ वटामा एमाले र एकमा जसपाले वडाध्यक्ष जितेको छ ।