अविनाश चौधरी
धनगढी, पुस २ गते । नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिकाको नगर अध्यक्षमा बलबहादुर ऐर निर्वाचित हुनुभएको छ ।
सो पार्टीको सम्पन्न दोस्रो अधिवेसनमा निकटतम् प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गरी ऐर नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । स्थानीय तहको पहिलो निर्वाचनबाट उहाँ धनगढी उपमहानगरपालिका–३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
यसैगरी, अधिवेसनबाट उपाध्यक्षमा रमेश भट्टराई, रामबहादुर चौधरी र धनबहादुर चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा सुरेश सुनार, सहसचिवमा मुकेश रैका र कोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएको माओवादी केन्द्रले जानकारी दिएको छ । दोस्रो अधिवेशनबाट ७१ सदस्यीय नगर कार्यसमिति बनेको जनाइएको छ ।
यस्तै, माओवादीको कैलारी गाउँपालिका कार्य समिति अध्यक्षमा पुनः बतासु चौधरी चयन हुनुभएको छ । यसैगरी, भजनी नगरपालिकाको नगर अध्यक्षमा जगत विक निर्वाचित भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।