लीलाराज खड्का
बिर्तामोड, मङ्सिर २९ गते । पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । प्रेस युनियान र प्रेस चौतारीको तर्फबाट गठबन्धन गरि निर्वाचनमा रहनुभएका गिरीले १३१ मतका साथ बिजयी हुनुभयो । यसैगरि उपाध्यक्षमा सुब्रत न्यौपाने र महिला उपाध्यक्षमा वेनिशा शर्मा निर्वाचित हुनुभयो ।
यसैगरी सचिवमा राजु पाठक र प्रदिप परियारको बराबरी मत आएपछि दुबै कार्यकाल बराबरी चलाउने निर्णय गरिएको छ । सहसचिवमा रमेश तिवारी सर्वसम्मत र समावेशी सहसचिवमा तिलक तामाङ र कोषाध्यक्षमा मुक्ति पौडेल निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा अस्मिता साँखी, इशा प्रधान, स्वस्तिका आचार्य, विनोद पाण्डे , द्रोण अधिकारी, सुदिप अधिकारी, दिपेश राजवंशी, देवेन्द्र प्रसाई र भूमिराज पराजुली निर्वाचित हुनुभएको छ । त्यस्तै महिला सदस्यमा भूकुमारी लिम्बू, आदिवासी जनजाति सदस्यमा इन्द्रबहादुर राई, मधेशी सदस्यमा सन्तोष शर्मा दलित सदस्यमा मनकुमार गदाल निर्वाचित हुनुभयो ।
निर्वाचनमा दुईवटा प्यानल उत्रिएको थियो । अध्यक्ष पदमा भने दुईवटा प्यानलसँगै अन्य दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २२० सदस्य रहेको झापा शाखामा २०५ जनाले मतदान गर्नुभएको निर्वाचन समितिका शिरो साल्दाईले जानकारी दिनुभयो ।