• ११ पुस २०८१, बिहिबार

सन् २०२३ अक्टोबरदेखि गाजामा तीन सय ४१ जना मानवतावादीको मृत्यु

blog

न्युयोर्क, मङ्सिर १८ गते । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा तीन सय ४१ जनाको मृत्यु भएको जनाएको छ । आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरु बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ ।  

राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा   अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको  बताउनुभयो ।  

गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कर्मीहरुको सङ्ख्या बढेर तीन सय ४१ पुगेको बताउदै  उहाँले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गर्नु भएको छ ।  

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रूपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ दुई सय खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताउनु भएको छ ।  घेराबन्दीको कारण भयावह मानवीय अवस्थाको बिचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ । रासस/क्यूएनए