५ जेठ २०७९, बिहिबार
                                            
                                        
                                        
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                
                                        शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        
                                            
                                            ५ जेठ २०७९, बिहिबार 
                                    
                                    
                                        
                                            
                                            ३ वर्ष पहिले 
                                    
                                धनगढी, जेठ ५ गते । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित हुनु भएको छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उहाँ प्रमुखमा विजयी हुनु भएको हो । 
प्रमुखमा निर्वाचित थारु आबद्ध पार्टीलार्ई रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरिरहनु भएको छ । उपप्रमुखमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा (माओवादी केन्द्र) का खडकबहादुर शाह विजयी हुनु भएको छ ।
वडाध्यक्षमा माओवादी केन्द्र र कांग्रेस ३/३ र नागरिक उन्मुक्ति पाटीले दुई वटा वडा जितेको छ । एक वटा वडा नेकपा (एमाले) ले जितेको छ ।
                                        अविनाश चौधरी