• १८ मंसिर २०८१, मङ्गलबार

एसियन प्यासिफिक करातेमा एरिकालाई स्वर्ण

blog

स्वर्ण पदक विजेता एरिका गुरुङ्ग ।

काठमाडौँ, मङ्सिर १५ गते । नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।

१९औँ एसियन गेम्सकी रजत विजेता एरिकाले सिनियर महिला ६८ केजी तौलमाथि स्वर्ण जित्नुभएको हो । च्याम्पियनसिपमा नेपालकी अन्जली महर्जनले महिला तर्फ–५० केजी तौलमा स्वर्ण जित्नुभएको छ । 

च्याम्पियनसिपमा महिलातर्फ दुई स्वर्ण जितेको नेपालले थप दुई रजत र पाँच कांस्यगरी नौ पदक जितेको नेपाल कराते महासङ्घले जनाएको छ । 

च्याम्पियनसिपमा नेपालकी एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको–५५ किलो तौल समुहमा रजत पदक दिलाउनु भएको छ । 


यस्तै सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै–६८ किलो तौल समुहमा आशिका राई, पुरुषतर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ–८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाउनुभयो । 

च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडी, ब्यवस्थापक, रेफ्री र अफिसियलगरी ३० जनाको सहभागिता रहेको थियो । पतियोगितासँगै आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कंग्रेस) हुनेछ ।

जसमा नेपालबाट नेपाल सितोरियो कराते सङ्का अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले सहभागिता जनाउनुहुनेछ । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।