• १६ असार २०८१, आइतबार

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

blog

हरिकृष्ण ऐडी

मुगु, जेठ ४ गते ।  मुगुको  खत्याड गाउँपालिकाको अध्यक्षमा  नेकपा (माओवादी केन्द्र) का अजबहादुर शाही बिजयी हुनुभएको छ । उपध्यक्षमा नेपाली काँग्रेसकी सरिता रोकाया  निर्वाचित हुनुभएको छ । 

खत्याड निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डा. बाबुराम ढुङ्ग्यानाका अनुसार अध्यक्ष पदमा उम्मेदवार शाहीले  ३ हजार ५ सय २१ मत ल्याएर  ५ बर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्दी नेकपा  (एमाले) का  लालबहादुर मल्ल ले २ हजार ६ सय २१ मत ल्याएर पराजित हुनुभयो । 

यस्तै गठबन्धनको तर्फबाट उपाध्यक्षमा काँग्रेसकी सरिता रोकायाले ४ हजार ५ सय  ४८ मत ल्याएर बिजयी हुनुभएको छ । प्रतिद्वन्दी एमालेकी कविता गिरिले २ हजार  ४ सय ९९ मत प्राप्तगरी पराजित हुनुभयो । 

११ वडा रहेको खत्याड गाउँपालिकामा एमालेले ३ वटा, कांग्रेसले ३ वटा र यसैगरी माओवादीले ५ वटा वडामा जित हात पारेको छ । ०७४ को स्थानीय तह निर्बाचनमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा जितेको थियो ।