नारायणगढ समाचारदाता
नारायणगढ मङ्सिर १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दलहरूले सरकारमा रहँदा सारा काम गर्छाैं भन्ने तर घोषित योजनामा स्रोत सुनिश्चित नगर्दा जनतामा निराशा छाएको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवं साबिक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष बलबहादुर श्रेष्ठको बुधबार शक्तिखोरमा आयोजित १२ औँ स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अब भने जनताले अनुभव गर्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
“सरकारमा गएका बेला जनताका पक्षमा भएका उपलब्धि पनि हामीले भन्न सकेनौँ । जसले जनतामा निराशा छाएको छ । सरकारमा बस्दा स्रोत सुनिश्चितता गर्न नसक्दा पनि जनतामा निराशा छाएको हो,” उहाँले भन्नुभयो, “अब हामीले गरेका काम जनतासम्म पु-याउनु पर्छ भन्ने बुझेर नै लागेका छौँ । जनताका पक्षमा भएका उपलब्धिलाई पनि आमनागरिकलाई बुझाउनु पर्ने जरुरी छ ।”
उहाँले स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र भएको बताउनुहुँदै तर जनअपेक्षा अनुसार सुधार नहुँदा निराशा बढेको धारणा राख्नुभयो । “निश्चय नै केही सुधार गर्न जरुरी छ । त्यो जनताका माझसम्म पुग्ने गरी काम गर्नुपर्ने छ,” उहाँले भन्नुभयो ।
उहाँले स्व. श्रेष्ठले स्थापना गर्नुभएको स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पताल बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “अब अस्पतालको पनि वर्गीकरण गर्न जरुरी छ । त्यो वर्गीकरण शøया सङ्ख्याका आधारमा हैन सेवाका आधारमा वर्गीकरण हुनु जरुरी छ,” उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा रहेको यो (शक्तिखोर स्वास्थ्य केन्द्र) लाई प्रसूति केन्द्रका रूपमा मात्रै बर्थिङ सेन्टर बनाउने कि भन्ने सम्बन्धमा पनि छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।
स्वास्थ्य केन्द्र बनाउन १० कट्ठा जग्गा दान दिने स्व. श्रेष्ठ र उहाँका परिवारलाई पनि मन्त्री पौडेलले धन्यवाद दिनुभयो ।
“अहिले पनि कतिपय आमा नौ महिनासम्म पनि गर्भ परीक्षण नगरी बच्चा जन्माउन बाध्य छन् । त्यसका लागि बर्थिङ सेन्टर पहिलो प्राथमिकतामा राखिनु पर्छ,” उहाँले भन्नुभयो । आधारभूत अस्पताल बनाउन आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गराउन सरकार तयार रहेको उहाँले जनाउनुभयो ।. आफ्नो जीवनकालमा चितवनको पहाडी क्षेत्रको विकासमा अविच्छिन्न लागिरहनुभएका समाजसेवी श्रेष्ठको स्मृतिमा सो सभा आयोजना गरिएको हो । कार्यव्रmममा कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्व. बलबहादुर श्रेष्ठबाट चेपाङ समुदायको शिक्षा, स्वास्थ्य विकासमा ठुलो सहयोग पुगेको बताउनुभयो ।
“यदि बलबहादुरजीहरू हुनु हुन्थेन भने अहिले चेपाङ प्रजा हुने थिएनन् । उनीहरूको आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षामा पनि परिवर्तन हुने थिएन,” उहाँले भन्नुभयो । कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद अञ्जनी श्रेष्ठले कांग्रेसलाई कांग्रेस बनाउन बलबहादुर जस्ता धेरैको बलिदानी रहेको बताउनुभयो । कार्यव्रmममा स्व. श्रेष्ठका छोरा कांग्रेस चितवनमा पूर्वसभापति जितनारारायण श्रेष्ठले आफ्नो बुवाले समाज सेवामा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यव्रmममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटालगायतले बोल्नुभएको थियो ।