• १८ असार २०८१, मङ्गलबार

बाह्रदशी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ४ गते । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारहरु विजयी हुनुभएको छ । अध्यक्षमा देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित हुनुभएको हो । अघिल्लो स्थानीय निर्वाचनमा दुबै पद काँग्रेसले जितेको थियो ।

एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा ६ मा प्यानलै जितेको छ । वडा १, २, ३, ७ काँग्रेस, ४ स्वतन्त्र र ५ नम्बर वडा राप्रपाले जितेको निर्वाचन अधिकृतको कार्यालय बाह्रदशीले जनाएको छ ।

चम्लागाईले ७ हजार १४८ मत ल्याई अध्यक्ष पदमा विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष काँग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत ल्याउनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी शिवाकोटीले ६ हजार ६३६ मत ल्याई निर्वाचित बन्नुभयो । निकटतम प्रतिस्पर्धी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाउनुभयो ।