• ८ मंसिर २०८१, शनिबार

झापाको हल्दिबारीमा राप्रपाका रवीन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ४ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आफ्नो पालिका झापाको हल्दिबारीमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित पालिकामा बहुमत ल्याएको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको हो । 

उहाँ राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका आफ्नै भाइ हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालय हल्दिबारीका अनुसार लिङ्देन ६ हजार ८५६ मत ल्याएर विजयी बन्नुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डम्बरबहादुर गिरीलाई २ हजार १९० मतान्तरले पराजित गर्नुभयो । गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । गिरीले ४ हजार ६६६ मत ल्याउनुभयो । 

गाउँपालिका उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ । मैनालीले ५ हजार ७८ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका शान्तादेवी गौतमले ४ हजार १०६ मत ल्याउनुभयो ।