• ३ जेठ २०८१, बिहिबार

पूर्व राज्यमन्त्रीको वडामा उन्मुक्ति पार्टीका उम्मेदवार विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो । 

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ । जित हासिल गर्नुभएका चौधरीले ८०३ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका सोनी डङ्गौरा, नागरिक उन्मुक्ति पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार नहुँदा सो पद्मा काङ्ग्रेसका उम्मेदवार शान्ती नेपाली विजयी हुनुभएको छ । 

खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रामबहादुर चौधरी र श्यामसुन्दर चौधरी विजयी हुनुभएको छ । काङ्ग्रेसका नेताद्वय एवम् पूर्वमन्त्री रामजनम चौधरी र पूर्व राज्यमन्त्री चौधरीको गृह पालिका हो । दुवै जनाको वडामा नागरिक उन्मुक्ति पार्टीले कब्जा जमाउन सफल भएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको वडामा नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी नै विजयी भइसक्नुभएको छ । 

जोशीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार जित नजिक रहनु भएको छ । अब औपचारिक घोषणा गर्न मात्रै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।