• १३ वैशाख २०८१, बिहिबार

पन्ध्र ठाउँमा मतदान जारी, मतदान शान्तिपूर्ण रहेको आयोगको भनाई

blog

गोरखापत्र अनलाइन

काठमाडौं,  जेठ ४ गते । गत वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह सदस्य निर्वाचन २०७९ विभिन्न कारणले स्थगित भएको पन्ध्र ठाउँमा आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदान शान्तिपूर्ण र उत्साहप्रदरुपमा भइरहेको खवर आयोगलाई प्राप्त भएको छ । उहाँकाअनुसार आज तनहुँको व्यास नगरपालिका वडा ४, हुम्लाको चंखेली गाउँपालिकाको वडा २, बाराको पचरौता नगरपालिका वडा २, सोही नगरपालिकाको वडा २ को श्रीनगर प्रावि मतदान केन्द्रमा मतदान कार्य जारी छ । 

सोहीअनुसार रौतहटको फतुवाविजयपुर नगरपालिकाको वडा ७, देवाही गोनाही नगरपालिका वडा २, यमुनामाई गाउँपालिका वडा १, वडा २, गढीमाई नगरपालिका वडा ३, वडा ६, बौधीमाई नगरपालिका वडा १, वडा २, वडा ९ र गरुडा नगरपालिका वडा ७ मा मतदान कार्य जारी रहेको आयोगले जनाएको छ ।

आयोगकाअनुसार अछामको साँफेबगर नगरपालिका वडा १३ मा जेठ ६ गतेका लागि मतदान समय तोकिएको छ । सोहीअनुसार उदयपर र बाजुरा जिल्लाका विभिन्न मतदान केन्द्रमा स्थगित निर्वाचनको मिति तोक्न बाँकी रहेको आयोगको भनाई छ ।

आयोगकाअनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा १२, बाजुराको बुढीगंगा नगरपालिका वडा १, वडा २, वडा ३, वडा ४, वडा ५, वडा ६, वडा ७, वडा ८, वडा ९, वडा १० र बुढीनन्दा नगरपालिकाको वडा ८ मा स्थगित निर्वाचनको मितिबारे निर्णय गर्न बाँकी रहेको छ । सोको निर्णय आयोगले छिटै गर्ने सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।