• ३ साउन २०८१, बिहिबार

साँगाचोकगढी नगरमा माओवादीका देशबन्धु र समाजवादीकी थापा बिजयी

blog

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ३ गते । सिन्धुपाल्चोक–चौतारा सा“गाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्ण सापकोटा ‘देशबन्ध’ र उपमेयरमा समाजबादीकी सीता थापा बिजयी हुनुभएको छ । 

सापकोटाले ११ हजार ७२ र उपमेयरमा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याएर निर्वाचित हुनुभएको हो । सो नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन थियो । सापकोटाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार इन्द्र नेपालले ६ हजार ७११ मत र थापाकी निकटतम प्रतिस्पर्धी एमालेकी बालकुमारी सापकोटाले ९ हजार ७२६ मत ल्याउनुभयो ।  

नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २४५ र तुलसी प्रधानले ५ हजार ७६० मत ल्याउनुभयो । माओवादी केन्द्रको गढक्षेत्र चौतारा सा“गाचोकगढी नगर अघिल्लो २०७४ निर्वाचनमा पनि माओवादीकै अमानसिं तामाङ र जानुका पराजुलीले जित्नुभएको थियो ।