• १५ वैशाख २०८१, शनिबार

बडिमालिका नगरपालिकामा एमालेको जित

blog

शेरबहादुर सार्की

बाजुरा, जेठ ३ गते । बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । बडिमालिकाको मेयरमा अम्मरबहादुर खडका र उपमेयरमा नन्दाकुमारी थापा विजयी हुनुभएको हो ।

खडकाले नेपाली काँग्रेसका उम्मेदवार पण्डितलाई ४६७ मतले पराजित गुर्नभएको छ । खड्काले चार हजार १९ मत ल्याउनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले तीन हजार ५५२ मत रहेको छ । 

त्यस्तै उपमेयरमा विजयी नन्दाकुमारी थापाले उहाँकी प्रतिद्वन्द्वी राधिका सिहलाई ८८२ मतले पराजित गर्नुभयो । थापाको चार हजार २ सय ३३ मत रहेको छ भने राधिकाकुमारी सिंहले तीन हजार ३ सय ५१ मत ल्याउनुभयो । 

नौ वटा वडा भएको बडिमालिका नगरपालिकामा एमाले ७ र नेपाली काँग्रेसले २ ठाउँमा जित हात पारेको छ । वडा नम्बर १ मा काँग्रेसका कृष्णबहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबलबहादुर रोकाया र ४ मा काँग्रेसका अर्जुन नाथले वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्णबहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्रबहादुर थापा र ९ मा एमालेकै सुर्यकिरण विक विजय भएका छन् । 

यसभन्दा पहिला २०७४ सालको स्थानीय चुनावमा नगरप्रमुख नेपाली काँग्रेसका पदम बडुवाल  र उपप्रमुख नेपाली काँग्रेसकै कविता विष्ट विजयी हुनुभएको थियो ।