• १७ असार २०८१, सोमबार

ललितपुरमा काँग्रेसका चिरीबाबु र उपप्रमुखमा एमालेकी मञ्जलीको अग्रता

blog

ललितपुर, जेठ ३ गते । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ ।

पछिल्लो विवरणअनुसार काँग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार २१७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाउनुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जलीले तीन हजार ६७४ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाउनुभएको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म चार  वडाको मात्रै परिणाम आएको छ ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन, ५ मा नेकपा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नम्बर ४, ६ र ७ को गणना जारी छ ।