• ७ वैशाख २०८१, शुक्रबार

तारकेश्वर नगरपालिका प्रमुखमा काँग्रेसका महर्जन र उपप्रमुखमा बुर्लाकोटी विजयी

blog

काठमाडौं, जेठ ३ गते । काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका कृष्णहरि महर्जन विजयी हुनुभएको छ । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामेश्वर बोहोराले सात हजार ८०८ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर उपप्रमुखमा काँग्रेसकी सृजना बुर्लाकोटी अर्यालले दस हजार ७८६ मतसहित विजयी हुनुभयो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी भवानी डोटेलले आठ हजार छ मत प्राप्त गर्नुभयो । 

तारकेश्वरको ११ वडामध्ये आठ वटा वडाअध्यक्षमा काँग्रेसको उम्मेदवार विजयी हुनुभएको छ । बाँकी तीन वटा वडामा भने नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको हो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।