• १ माघ २०८१, मङ्गलबार

लोप हुँदै मटाङकाली बत्ती

blog

सदरमुकाम खलङ्गास्थित एक घरमा मटाङकाली बत्ती । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक २३ गते । जिल्लाका नेवार समुदायले प्रयोग गर्दै आएको मटाङकाली बत्ती लोप हुने अवस्थामा पुगेको छ । दसैंलाई बिदाइ गरी तिहारलाई स्वागत गर्न घर–घरमा बालिने मटाङकाली अहिले कतै कतै मात्र देखिने गरेको छ ।

दसैंको पूर्णिमादेखि कात्तिकको पूर्णिमासम्म घरमा मटाङकाली बत्ती बाल्ने चलन छ । “अहिले धेरै घरमा यो बत्ती राख्न छाडिएको छ” सदरमुकाम खलङ्गाका स्थानीय विदुरमान श्रेष्ठले भन्नुभयो, “बनाउन अप्ठ्यारो र मिहिनेत लाग्ने भएकाले पनि हराउँदै गएको हो ।” 

कृत्रिम बत्ती र बिजुलीबाट बल्ने बत्ती बजारमा पाउन थालेसँगै यसको प्रयोग घट्दै गएको उहाँको बुझाइ छ । मटाङकाली बनाउन बाँस, पहाडी कागज र विभिन्न बुट्टा भएको कागजको प्रयोग गरिन्छ । उक्त मटाङकालीभित्र दियो राखेर बाल्ने चलन छ । अहिले दियोको ठाउँमा विद्युतीय बत्ती राख्ने गरिएको छ ।