• १३ वैशाख २०८१, बिहिबार

हामोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

blog

काठमाडौं, जेठ २ गते । होमोफोविया, बाइफोविया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मङ्गलबार मनाइदै छ । ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भने नाराका साथ दिवस मनाउन लागिएको हो । 

मितिनी नेपालले सोमबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाउने जानकारी दिएको छ ।

मङ्गलबार हुने कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुरको प्रमुख आतिथ्यता रहने छ भने  महिला आयोग, समावेशी आयोग, सूचना आयोगका आयुक्तको साथै कलाकारको पनि उपस्थिति रहने मितिनी नेपालले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।  

संस्थाकी कार्यकारी अध्यक्ष सरिता केसीले महिला र पुरुषको जस्तै लैङ्गिक, अल्पसङ्खयक समुदायको पनि अधिकार हुने भएकाले यो दिनलाई विशेष दिनका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

राज्यले लैङ्गिक अल्पसङ्ख्यकका समस्यालाई खासै वास्ता नगरेको उहाँको भनाइ छ ।

होमोफोविया, बाइफोविया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने गर्दछन् ।

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैङ्गिकलाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुन प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा हामोफोबिया ,बाइफोबिया र ट्रान्सफोबियाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।