• १० मंसिर २०८१, सोमबार

सूर्यलाई अर्घ दिएर कपिलवस्तुमा छठ मनाइयो

blog

वाणगंगा नदीको रामघाटमा अस्ताँउदो सूर्यलाई अर्घ दिँदै व्रतालु। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), कात्तिक २२ गते।  हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाएका छन्। जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर लगायतका स्थानमा मैथली, अवधी र पहाडी समुदायका महिलाले   बिहीबार  साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाएका हुन्। 

सदरमुकाम तौलिहवास्थित रामघाट नदी, जमुवार नदी र जिल्लाका अन्य नदी तथा तलाउमा महिलाले सूर्य देवताको पुजा गरेका हुन्। नदी किनारालाई छठ पर्व मनाउन झकी झकाउ गरिएको छ।