काठमाडौँ, कार्तिक २१ गते । नोभेम्बर १० मा हुने विश्व क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा भाग लिने नेपाली खेलाडीहरु जापान प्रस्थान गरेका छन् ।
विश्व क्योकुशिन काई कराते महासङ्घका उपाध्यक्ष अशोककुमार श्रेष्ठको नेतृत्वमा अफिसियल इन्द्र नेपाल, खेलाडीहरु मञ्जु विक र छविलाल खड्का त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बिदाइ गर्नुभयो । बिदाइ कार्यक्रममा मन्त्री महर्जनले पदकसहित नेपाल फर्कने खेलाडीलाई बागमती प्रदेशले पनि नगदसहित उच्च समान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।