• १८ मंसिर २०८१, मङ्गलबार

बौद्धबाट २० जुवाडे पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १९ गते । प्रहरीले काठमाडौँ महानगरपालिका –६ बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।  

उनीहरुको साथबाट ६ लाख ६९ हजार आठसय १० रुपियाँ र खेलमा प्रयोग भएको तीन बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । तिहार लागेसँगै प्रहरीले जुवाडेहरुलाई पक्राउ गर्ने क्रम बढेको छ ।