• ५ कात्तिक २०८१, सोमबार

अध्यक्ष प्रचण्डले जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुने

blog

मुगुको राराक्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गरिँदै । तस्बिर : पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय

जुम्ला,  कात्तिक ५ गते ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु राराक्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम छ ।