• ३ कात्तिक २०८१, शनिबार

साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

blog

काठमाडौँ, असोज २ गते । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । 

 खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एकरएक अङ्कका साथ दोस्रो स्थानमा छन् ।