• २ कात्तिक २०८१, शुक्रबार

कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर लामिछानेले गिरफ्तारी दिने

blog

कार्यालय परिसरमा पार्टीको धारणा राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिस झा । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, कात्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर गिरफ्तारी दिनुहुने भएको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुगेर लामिछानेले सम्बोधन गरेर पोखरा जाने जानकारी गराउनुभएको हो । 

रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपछि पार्टी कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै कार्यवाहक प्रवक्ता झाले यस्तो बताउनुभएको हो । 

उहाँले पक्राउ गर्न आउने प्रहरी अधिकारीलाई प्रतिकार नगर्नसमेत कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । प्रहरीले भने लामिछानेलाई सम्बोधन गर्न दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन । 

“अबको आधा घण्टामा पार्टी सभापति आउनुहुनेछ । त्यसपछि उहाँले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’, कार्यवाहक प्रवक्ता झाले भन्नुभयो ।