• १ कात्तिक २०८१, बिहिबार

स्थानीय तह उपनिर्वाचन : निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

blog

काठमाडौँ, कात्तिक १ गते । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद सापकोटाले उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने जानकारी दिनुभयो । 

यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।