• १ कात्तिक २०८१, बिहिबार

तरकारीमा ठगी, थोकमा घट्यो, खुद्रामा घटेन

blog

सीता शर्मा 

काठमाडौँ, कात्तिक १ गते । दसैँलगत्तै ताजा तथा हरिया तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा किन्ने उपभोक्ताले भने मूल्य घटेको महसुस गर्न पाएका छैनन् । दसैँपछि उपत्यकामा तरकारी आपूर्ति सहज भएसँगै थोक बजारमा तरकारी मूल्य घटे पनि खुुद्रामा मूल्य नघटेका कारण उपभोक्ताले मूल्य घटेको महसुुस गर्न नसकेका हुन् । 

यही असोज दोस्रो साता देशभर अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा महँगिएको तरकारी दसैँसम्म महँगै थियो । अहिले भने आलुु, प्याजबाहेकका तरकारीको मूल्य घटेको छ । 

उपत्यकामा तरकारी आपूर्ति बढेसँगै थोकमा अधिकांश तरकारीको मूल्य आधाले घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । “ बजारमा तरकारीको मूल्य घटेको हल्ला छ,” कलङ्की निवासी अनिश थापाले भन्नुुभयो, “खरिद गर्न जाँदा चाहिँ कहिल्यै सस्तोमा किन्न पाएको छैन ।” उहाँले बुधबार 

बिहान मात्रै कलङ्कीमा भिन्डी र बोडी किन्दा प्रतिकेजी १५० रुपियाँभन्दा बढी तिरेको अनुुभव सुुनाउनुुभयो । 

कालीमाटी समितिको मूल्य सूचीमा भने भिन्डी प्रतिकेजी ५५ रुपियाँ र बोडी प्रतिकेजी ७५ रुपियाँ छ । समितिको मूल्यसूचीको तथ्याङ्क अनुसार पाकेको फर्सी प्रतिकेजी ४५ रुपियाँ छ भने खुुद्रा किन्ने उपभोक्ता सय रुपियाँ तिर्न बाध्य छन् । समितिका अनुसार पछिल्लो दुुई दिनयता अधिकांश तरकारीको मूल्य थोकमा आधाले घटेको छ । समितिका निर्देशक विनय श्रेष्ठले कालीमाटी तरकारी बजारमा तरकारीको आपूर्ति बढेसँगै मूल्य घट्न थालेको बताउनुुभयो । उहाँले असोज दोस्रो सातादेखि लगातार महँगिएको तरकारी दसैँपछि भने व्रmमशः घट्न थालेको र अब अझै घट्ने बताउनुुभयो । 

कालीमाटी समितिका अनुसार कालीमाटी बजारमा मङ्गलबार आठ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । यसअघि भने दैनिक पाँच÷छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिँदै आएको थियो । 

कालीमाटी बजारमा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्ला बाढीपहिरोबाट प्रभावित भएकाले पर्याप्त मात्रामा तरकारी आएको थिएन । कालीमाटी थोक व्यवसायी सङ्घका अध्यक्ष गीताप्रसाद आचार्यले बजारमा तरकारी आपूर्ति बढेसँगै थोक मूल्य व्रmमशः घटेको बताउनुुभयो । एक साताको बिचमा थोक बजारमा अधिकांश तरकारीको भाउ आधाले घटेको अनुुभव उहाँको छ । 

थोकमा भाउ घट्दा पनि खुुद्रामा नघट्नुुको कारण बजार अनुुगमन प्रभावकारी हुुन नसक्दाको परिणाम भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । 

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले दसैँकै बेलामा अत्यावश्यक वस्तुुमा पर्ने तरकारीको मूल्य मनपरी हुँदासमेत सरकारका नियमनकारी निकायको ध्यान जान नसकेको आरोप लगाउनुुभयो । थोकमा घटेको तरकारीको मूल्य खुुद्रामा नघटेकोबारे सरकारले अनुगमन तथा खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।